भिरबाट लडेर एकको मृत्यु ।

कार्तिक २० गते,तेह्रथुम –  तेह्रथुम म्याङलुङ-९ सम्फरजुङ बस्ने ४१ बर्षीय बासुदेव लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ ।
Sushmita Shah_Abadainik

हिजो साझ सोही स्थानमा रहेको जंगलमबाट दाउरा लिई घरतर्फ आउने क्रममा लिम्बु एक्कासी भिरबाट लड्दा उनको मृत्यु भएको भनि आफन्तले हिजो अपरान्ह साढे ४ बजे प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलमा पुगि कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *