१० लाख रुपैयाँ घुस सहित विद्युत प्रशारण लाइनका इन्जिनियर पक्राउ ।

कात्तिक २० गते,हेटौंडा – मकवानपुरको हेटौंडाबाट १० लाख रुपैयाँ घुस रकमसहित एक इन्जिनियर पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले नेपाल विद्युत प्राधिकरण अन्तर्गतको हेटौंडा-भरतपुर-बर्दघाट विद्युत प्रशारण विस्तार आयोजनाका प्रमुख इन्जिनियर इश्वरीप्रसाद जैसवाललाई घुस रकमसहित प्रक्राउ गरेको हो ।

Sushmita Shah_Abadainik
जैसवालले प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा हेटौंडा-१० बसपार्क मेगा होटलबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

इन्जिनियर जैसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *