लागूऔषध सहित बारामा दुई जना पक्राउ ।

कात्तिक २६ गते,बारा –  लागूऔषध सहित प्रहरीले बारामा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं.९ रामपुर बस्ने बर्ष २० को रोशन साह कलवार र बारा कलैया उपनगरपालिका वडा नं. ९ रामपुर बस्ने बर्ष २९ को चन्दन प्रसाद कुशवाहा रहेका छन् ।

Sushmita Shah_Abadainik

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा मौजे सिर्सियास्थित सडक खण्ड बाल मन्दिर अगाडि बाट पक्राउ गरिएको हो ।   प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागूऔषध फेनारगन ६०० एम्पुल, डाइजेपाम ६०० एम्पुल र नुर्फिन ६०० एम्पुल इन्जेक्सन गरी जम्मा १८०० (एम्पुल) बरामद गरेको छ ।

उनीहरू सवार ना.२० प ६४२८ नम्बरको मोटरसाईकलसहित नियन्त्रणमा लिएको छ । उनीहरु विरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागूऔषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *