बहराइनका प्रधानमन्त्री खालिफाको ८४ वर्षको उमेरमा निधन ।

कात्तिक २६ गते,विराटनगर – बहराइनका प्रधानमन्त्री शेख खालिफा बिन सलमान अल खालिफाको ८४ वर्षको उमेरमा निधन भएको छ।

Sushmita Shah_Abadainik
प्रधानमन्त्री खालिफाको आज बुधबार उपचारका क्रममा अमेरिका स्थित मायो क्लिनिक अस्पतालमा निधन भएको जनाइएको छ।

सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका खालिफाको निधनमा त्यहाँका राजाले एक हप्ता लामो राष्ट्रिय शोक घोषणा गरेका छन्। भोलि विहीबारदेखि तीन दिनसम्म बहराइनका सरकारी कार्यालयमा विदा दिइएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *