पछिल्लो २४ घन्टामा नेपालमा थप २५६९ जनामा कोरोना संक्रमण पुष्टि ।

कात्तिक २६ गते,विराटनगर – गएको २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधवार मन्त्रालयको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।

Sushmita Shah_Abadainik

यो संगै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ जना पुगेको छ । जसमा १० हजार ५ सय १९ जना संस्थागत आइसोलेशन,२८ हजार ३ सय ९३ जना होम आइसोलेशन र १ हजार १ सय ९ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ६ सय ६६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ७४ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *