ट्रकले मिनीट्रकलाई ठक्कर दिदा ३ को मृत्यु, १ गम्भिर घाइते ।

कात्तिक २७ गते,काठमाडौं – आज बिहान क‌लंकीमा ट्रकले रोकिराखेको मिनीट्रकलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बल्खुबाट सीतापाइलातर्फ गइरहेको बा ५ ख ८८६५ नम्बरको ट्रकले मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरिराखेको बा ३ ख ७५३० नम्बरको मिनी ट्रकलाई ठक्कर दिएको थियो ।
Sushmita Shah_Abadainik

मृत्यु हुनेमा नुवाकोट सुन्दरादेवीका २४ वर्षीय रोशन तामाङ, तारकेश्वर गाउँपालिकाका ३७ वर्षीय माधव घिमिरे र अर्का एक जनाको नाम खुलिसकेको छैन । दुर्घटनामा नुवाकोट तार्केश्वरका २२ वर्षीय विजय तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते भएका चारै जनालाई कलंकीस्थित सहिद मेमोरियल अस्पताल लगिए पनि तीन जनालाई अस्पतालले मृत्त घोषणा गरेको थियो । घाइते तामाङ्गको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *