गएको २४ घन्टामा नेपालमा थप १९१३ जना संक्रमित थपिए ।

कात्तिक २७ गते, विराटनगर –   गएको २४ घन्टामा नेपालमा थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिवार मन्त्रालयको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।
Sushmita Shah_Abadainik

यो संगै देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१जना पुगेको छ । जसमा ३७ हजार ४ सय ८७ जना आइसोलेशनमा र ९ सय ७४ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ३ सय ४९ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *