एकैदिन काग तिहार,धनवन्तरि जयन्ती एवम् धनतेरस आज मनाइदै ।

कात्तिक २८ गते,विराटनगर – कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार विधिवत् रूपमा हिजो बिहीबारबाट नै सुरु भएता पनि यमपञ्चकको पहिलो दिन मनाइने काग तिहार यसपाली भने यमपञ्चक सुरू भएको दोस्रो दिन अर्थात् आज मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष यमदीपदान बिहिवारदेखि सुरु हुने भए पनि काग तिहार शुक्रबार परेको जनाएको छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा लिइन्छ । आज मिष्ठान्न खुवाएर कागको पूजा गरिन्छ । काग यमराजको अत्यन्त प्रीय भक्त र अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ ।
Sushmita Shah_Abadainik

पञ्चांग समितिका अनुसार धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ। यसैगरी पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । आजको दिन उच्च, मध्यम वा निम्न सबै वर्गका मानिसहरुले नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना र लक्ष्मी पुजामा चाहिने आवश्यक सामग्रीहरु पनि किनमेल गर्ने परम्परा छ ।

भोलि शनिबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको समितिको भनाइ छ । अपराह्न १ः४९ बजेपछि औंसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ । यसैगरी गाई, गोरु र नेवार समुदायको म्हपूजा आइतबार परेको छ ।

यस वर्ष भाइटीका भने मंसीर १ गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे रहेको पञ्चाङ्ग समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *