सिराहामा नक्कली नोटसहित तीन जना पक्राउ ।

कात्तिक २८ गते,सिराहा –   सिराहामा करिब ७ लाख नक्कली नेपाली रुपैयाँसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहाको गोलबजार नगरपालिका वडा नं. ६ स्थित वीरेन्द्र महतोको घरमा डेरा गरी बसेका कल्याणपुर नगरपालिका वडा नं. – ७ भेडियाका २५ वर्षीय विमलेन्द्र नायक, गोलबजार नगरपालिका वडा नं. १२ बेतौनाका २५ वर्षीय धिरज राय र २० वर्षीय सञ्जय कुमार राय रहेको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik

बिहीबार गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस गोलबजारबाट खटेको संयुक्त टोलीले तीनै जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट एक हजारको नक्कली नेपाली नोट ६ लाख ८४ हजार, एचपी कम्पनीको ल्यापटप १ थान, क्यानन कम्पनीको प्रिन्टर १ थान, प्लाष्टिकको फोल्डिङ सानो टेबल १ थान, स्टिलको स्केल ३ थान, कैंची २ थान र मोटरसाइकल १ थान बरामद गरिएको सिराहा प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *