पछिल्लो २४ घन्टामा नेपालमा २१११ जना संक्रमित थपिए,१३ जनाको मृत्यु ।

कात्तिक २८ गते,विराटनगर –   गएको २४ घन्टामा नेपालमा थप २ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रवार मन्त्रालयको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।

Sushmita Shah_Abadainik

यो संगै देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना पुगेको छ । जसमा ३६ हजार ३६ जना आइसोलेशनमा र ९ सय ८६ जना क्वारेन्टिनमा रहेका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय ३७ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६८ हजार १ सय २९ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय २ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *