इटहरी । इटहरी–२ का कोरोना संक्रमित युवकका आफ्न्त सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
उनी संक्रमित भएसगैं उनका छिमेकी, आफन्तलाई जाचँका लागि स्वाब परीक्षण गर्न प्रादेशिक कोशी अस्पताल विराटनगर पठाइएको थियो ।
स्वाब पठाइएको चार दिन पछि २० जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको इटहरी अस्पताल इमेरजेन्सी विभाग प्रमुख रामकुमार धमलाले जनाए ।
संक्रमित युवा अहिले कोभिड १९ अस्पताल विराटनगरमा उपचार गराइरहेका छन् । उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।
Comments