मंसिर ३ गते,महोत्तरी – महोत्तरीमा तेलको ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली तीनपाटन गाउँपालिका १० का २६ वर्षीय आशालाल परियार रहेका छन् ।
बिराटनगरबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ३९२१ नम्बरको तेल बोक्ने ट्याङ्करले ग ९ प ५३२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका परियारलाई बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको थियो ।
उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक २१ वर्षीय रितबहादुर परियार भने सकुशल रहेका छन्। उनी मृतकका का भाइ हुन्।
ट्याङ्कर, र चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।।
Comments