खुलामञ्चमा वितरण गरिदै आएको निःशुल्क खाना अब थापाथलीमा वितरण गरिने ।

मंसिर ३ गते,विराटनगर –  कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनका कारण रोजगारी गुमाएर भोकै बस्नुपरेका मजदुर लगायत असहाय व्यक्तिहरूलाई खुलामञ्चमा निःशुल्क खाना वितरण गरिँदै आएकोमा अबदेखि थापाथलीमा खाना वितरण गरिने भएको छ ।

खुलामञ्चमा निःशुल्क खाना वितरण गरेकोप्रति काठमाडौं महानगरपालिकाले आपत्ति जनाउदै आएको थियो ।  बुधबारदेखि काठमाडौं महानगरपालिका र खुलामञ्चमा निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूबीचको सहमति अनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै खाना वितरण गर्ने कार्य सुरु भएको हो ।

Sushmita Shah_Abadainik

‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका असहाय, अशक्त तथा शारिरीक रूपमा काम गर्न नसक्ने महानगरवासीको व्यवस्थापनमा काठमाडौं महानगरपालिका निरन्तर लागिरहेको छ ।’
काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भने, ‘ स्वास्थ्य जोखिम, संक्रमणको सम्भावना र सामाजिक प्रतिष्ठा तथा मानव अधिकारको संरक्षण गर्ने हेतुले सार्वजनिक स्थल, खुला क्षेत्रमा भोजन सेवा बन्द गरी वैकल्पिक स्थानमा भोजना गराउने नीति महानगरपालिकाले लिएको छ । हामी त्यसैअनुरुप यो पहल गरिरहेका छौँ ।’  निःशुल्क खाना वितरण गर्दै आएका संस्थाहरूसँग परामर्श गरेर अस्थायी रूपमा थापाथलीमा खाना वितरणको स्थान तोकिएको र आगामी दिनमा पार्टी प्यालेस वा अन्य थप व्यवस्थित ठाउँमा खाना वितरणको पहल भइरहेको उनले बताए ।

 

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना वितरण गरेकोप्रति आपत्ति जनाउँदै आएको थियो । तिहारपछि खुलामञ्चको सट्टा अर्को ठाउँमा खाना वितरण गर्ने सहमति महानगर र संस्थाहरूबीच भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *