मंसिर ३ गते,विराटनगर – नेकपामा विवाद चर्किएको बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता पुनः बढेको छ । यान्छीले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग करिब डेढ घण्टा भेटवार्ता गरेकी छन् ।
यसअघि पनि गत वैशाखमा नेकपाको आन्तरिक विवादका कारण सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागे नेकपालाई जोगाउन राजदूत यान्छीले सक्रिय भूमिका खेलेकी थिईन् ।
त्यसबेला उनले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।
अहिले फेरि नेकपा विवाद चर्किएको बेला राजदूत यान्छीको सक्रियता बढेको छ । यान्छीको सक्रियतालाई कतिपयले आन्तरिक मामिलामा हस्तक्षेपको नाम पनि दिने गरेका छन् ।
Comments