अवैध लागुऔसत सहित मोरङमा ९ जना पक्राउ ।

मंसिर ३ गते,विराटनगर –   मोरङ, उर्लाबारी नगरपालिका-७ बाट ४ ग्राम ७ सय २७ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम अवैध लागूऔषध गाँजा र ५ थान मोटरसाइकल सहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

Sushmita Shah_Abadainik

पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-७ स्कुलडाँडा बस्ने २१ वर्षीया ममता तामाङ, सोही नगरपालिका-७ बरगाछी बस्ने २४ वर्षीय मिलन याक्सो, सोही नगरपालिका-९ भोटेपुल बस्ने २८ वर्षीय आकास लिम्वु, सोही नगरपालिका-७ बरगाछी टोल बस्ने १९ वर्षीय असिम लिम्बु, झापा दमक नगरपालिका-७ बजार लाईन बस्ने १९ वर्षीय ससिन सेख, सोही नगरपालिका-४ सिर्जना टोल बस्ने ३० वर्षीय सुमन सुनुवार, मोरङ रतुवामाई नगरपालिका-८ ईटहरा बस्ने २२ वर्षीय रुमपमान केदेम (लिम्वु), सोही नगरपालिका-१० सातमेडी बस्ने १९ वर्षीय एन्जील मगर र रतुवामाई नगरपालिका-९ ईटहरा बस्ने २५ वर्षीय मन्जील बस्नेत रहेका छन् ।

लागूऔषध विक्री तथा सेवन गरिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *