मंसिर ३ गते,दाङ – बगंलाचुली गाउँपालिका-२ टाकुरे बस्ने ३९ वर्षीय टोप बहादुर घर्तीले कालिज मार्ने क्रममा प्रयोग गरेको भरूवा बन्दुक पड्केर लाग्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाँउका ४१ वर्षीय भोज बहादुर घर्ति रहेका छन् ।
टोप बहादुर लाई जिल्ला प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरी टोलीले १ थान भरुवा बन्दुक सहित मंगलबार राति पक्राउ गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Comments