बिर्तामोडमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा  दुई जनाको घटनास्थलमै मृत्यु ।

मंसिर ३ गते,झापा –  झापामा सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मे २ प ४८४७ नं को मोटरसाइकलमा सवार बुद्धशान्ति गाउँपालिका–३ का ११ वर्षीय दिप्सन कँडेल रहेका छन् भने अर्का मृतकको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बुधवार दिउँसो ११ बजेर २५ मिनेटमा पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको बिर्तामोड नगरपालिका ६ गिरी मन्दिर नजिकै पश्चिमबाट पूर्व आउँदै गरेको मे २ प ४८४७ नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ३१०२०४२ प ७९८२ नं को ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा एकापसमा ठक्कर खाई अनियन्त्रित भई पल्टिएका थिए । सोही समयमा पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ३३५० नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको मे २ प ४८४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

Sushmita Shah_Abadainik

प्रहरीका अनुसार मोटरसाइकलमा पछाडि बस्ने सोही वडाकी ३९ वर्षीया सावित्रा कँडेल र ३१०२०४२ प ७९८२ नम्बरको ‘अनटेस्ट’ लेखिएको अर्को मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ बस्ने २२ वर्षीय गगन तामाङ घाइते भएका छन् । उनीहरु दुवै जनाको विर्तामोडमा रहेको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको छ ।

ट्रक चालक फरार रहेका छन् भने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *