मंसिर ३ गते,विराटनगर – गएको २४ घन्टामा नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधवार मन्त्रालयको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १७ पुगेको छ ।
यो संगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ जना पुगेको छ । जसमा २७ हजार ९ सय ६८ जना आइसोलेशनमा र ९ सय १० जना क्वारेन्टिनमा रहेका छन् ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ५ सय ३८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८२ हजार ७ सय ८० जना पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ जना पुगेको छ ।
Comments