भोक मेट्दै युवासंघ

बिश्वलाई कोभिड १९ , नोबल कोरोना भाइरसले गाँजेको यो बेला अधिकाँश मानिसको जनजिबनमा प्रत्यक्ष प्रभाव परीरहेको छ । कति मानिस हरु खान नपाएर भोकै रहेका छन् भने कति मानिस हरु आफ्नो घर पुग्न नपाएर बाटैमा आफ्नो दैनिकि गुजार्न बाध्य छन् ।
बास कहि कतै सरण लिएर भएपनी बसेका मानिस हरुलाई गाँसको समस्या भइरहेको यो अवस्थामा नेपाल राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकि लागायतको युवाहरुले खानाको ब्यवस्था गरेको छ । बिराटनगर बसपार्कमा मात्रै ५५ जना सार्वजनीक यातायातका चालक तथा सहचालक हरुलाई दैनिख खाना खुवाउन चामल तरकारी र राहत स्वरुप बितरण गरेको हो । चैत्र १९ गते बाट खाना खुवाउँदै आएको बसपार्कमा स्थानिय सरकारको समेत ध्यान जान नसक्दा समस्य भएको सुनौलो पुर्व नेपाल यातायात संघ का अध्यक्ष राजन कणेल बताए  ।

बिराटनगरमा अबर परेर रहेका सवारीसाधनका कर्मचारी हरु भने घर जान नपाएपनी खान सम्म पाएको र राहतकै भरमा बाँचिरहेको बताए ।

त्यसोत मुस्लीम समुदायको पर्वको रुपमा आएको इदलाई समेत लक्षीत गरी नेपाल राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकि तथा नेपाल युवा संघ का प्रतिनिधिहरुले ले एक सय घरलाई ५ केजीका दरले चामल र एक एक वटा कुखुरा बितरण गरेको छ । हरेक आपतको बेलामा युवासंघ नेपाली समुदायलाई सहयोग गर्न संधै अग्रसर रहेको समेत नेपाल राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य मुकेश बुढाथोकि ले बताए ।

उता नेपालमा रोजगारीका लागी आएका भारतीय नागरीक हरुलाई समेत युवासंघले सहयोग गरीरहेको उनको जिकर थियो । सिमा मा अलपत्र रहेका नेपाली नागरीक लाई नेपाल ल्याउन र भारतीय नागरीकलाई समेत भारत जाने वातावरण तयार गर्न सरकार लाई पहल गरीरहेको बुढाथोकिले बताए ।राष्ट्रिय युवसंघ नेपालका नेत आजम प्रवेज राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय सदस्य इश्वरी आचार्य ,प्रतिक ढकाल तथा मनिस ढकाल लगायत युवाहरुको उपस्थीती मा राहत बितरणको काम अघि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *