हुम्लामा आजदेखि सम्पूर्ण विद्यालयको पठनपाठन ठप्प,बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक ।

मंसिर ४ गते,हुम्ला –   कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि हुम्ला जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिएको छ ।

पाँच दिनको अवधिमा ५६ जना बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले आजदेखि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने, बाहिरी जिल्लाबाट आउनेहरुलाई प्रवेशमा रोक लगाउने, अन्तरपालिका आवतजावतमा समेत कडाइ गर्नेलगायतका निर्णयहरु गरेको छ ।

Sushmita Shah_Abadainik
कोरोना भाइरस कोभिड १९ का कारण लामो समय बन्द रहेका हुम्लाका शैक्षिक संस्थाहरु कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका थिए ।  उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५१ र अन्यमा गरि ५६ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था आजदेखि बन्द गरिएको हो ।

नाम्खा गाउँपालिकामा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरा बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आएका व्यक्तिको स्वास्थ्य परीक्षणलाई प्राथमिकताका साथ अघि बढाएको छ । ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *