कोरोना संक्रमणवाट दमकका एक बृद्धको मृत्यु ।

मंसिर ४ गते,झापा –   कोरोना संक्रमणवाट दमक -९ का ७० बर्षिय एक जना बृद्धको आज विहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका- ९ का ७० बर्षिय बलबहादुर धिमाल रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

Sushmita Shah_Abadainik
विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा मंसिर १ गते कोरोना पुष्टि भएका उनी त्यस पश्चात विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत थिए ।  उपचारार्थ उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि परिवारले हिजो बेलुका दमक नगरपालिकाको कोभिड–१९ उपचार केन्द्रमा ल्याएका थिए ।
सोहि उपचार केन्द्रमा आज बिहान २ बजे संक्रमित बृद्धको मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाले जानकारी दिएको छ । यो सँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या २९ पुगेको छ । जसमा ८ जना महिला र २१ जना पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *