१२ औं राष्ट्रिय जनगणनाको तयारी तीव्र ।

मंसिर ४ गते,विराटनगर –   केन्द्रीय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको तयारी तीव्र पारेको छ ।

नेपालमा वि.स. १९६८ बाट सुरु भएको जनगणना हरेक १० वर्षमा हुनेगर्दछ ।  आगामी ६ माहना पछि हुने जनगणना २०७८ जेठ २५ देखि असार ८ गतेभित्र हुने विभागको लक्ष्य छ । जसका लागि विभागले नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका बावजुद पनि तयारीलाई तिव्रता दिएको हो ।

Sushmita Shah_Abadainik
नेपालमा हाल ७ प्रदेश, ७७ जिल्ला, ७५३ पालिका र ६ हजार ७४३ वडा रहेका छन् । जसको अधिकांश तथ्यांक २०६८ को जनगणनामा आधारित छन् । जसलाई अध्यावधिक गर्न पनि यो जनगणना अरुभन्दा यो विशेष र बहुप्रतिक्षित जनगणना हो ।

यस जनगणनाका लागि विभागले ९ हजार सुपरीवेक्षक र ४३ हजार २७७ गणक भर्ना गर्ने तयारी गरेको छ । उनीहरूले तीन महिनाका लागि रोजगारी पाउनेछन् ।

विगतका गणनाहरुमा शिक्षकहरुलाई तथ्यांक संकलनमा खटाइन्थ्यो भने यसपाली स्थानीय युवालाई रोजगारी दिने उद्धेश्य विभागले राखेको छ । ‘गणक र सुपरीवेक्षक स्थानीय नै भएपछि बढी यथार्थ विवरण आउँने विभागको विश्वास छ ।

यसअघि विभागले राष्ट्रिय जनगणनाका लागि सूचिकरण फारम, लगत-१ र लगत-२ फारम प्रयोग गथ्र्यो । यसपटक त्यसमा सामुदायिक प्रश्नावली थपिएको छ । त्यसमा मृत्यु, रोजगारी, वडाले दिएको सेवा सुविधा, विपद्, वडामा हुने उत्पादन, वडाबाट बाहिरिने वस्तु, आम्दानी, वडा शहरन्मुख हो, होइन लगायत प्रश्न समेटिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *