मकवानपुरमा तीन वर्षीया बालिकाको बलात्कार पछि हत्या ।

मंसिर ४ गते,मकवानपुर –   मकवानपुरमा पूजाका लागि गएकी तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ ।
वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिना पाख्रिनको हत्या भएको प्रहरीले जनाएको छ ।

Sushmita Shah_Abadainik
घटनास्थल नजिक उनको भित्रि वस्त्र फेला परेको र शरीरभरि रगत लत्पतिएका कारण बलात्कारपछि ढुङ्गाले हानेर वीभत्स हत्या गरेको हुनसक्नेतर्फ प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
बालिका बुधबार दिउँसो ३ बजेदेखि हराइरहेकी थिइन् । साँझ उनलाई स्थानीयले खोल्साको किनारमा गम्भीर घाइते बनाइएको रक्ताम्य अवस्थामा फेला पारेका थिए । तत्काल उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

हाल प्रहरी टोली घटनास्थलमै रही अनुसन्धान गरिरहेको र प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा दुई पुरुषलाई पक्राउ गरेको जनाएको छ ।

बालिकाको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *