अमेरिकाले बनाएको कोरोना विरुद्धको खोप सबै उमेर समुहमा प्रभावकारी भएको दाबी ।

मंसिर ४ गते,विराटनगर –   अमेरिकी कम्पनी फाइजरले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोप ६५ वर्षभन्दा बढी उमेरका मानिसमा प्रभावकारी भएको दाबी गरेको छ । कम्पनीले ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसमा पनि ९४ प्रतिशत सफल भएको दाबी गरेको हो ।

Sushmita Shah_Abadainik
अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोन्टेकले मिलेर यो खोप बनाइरहेका छन् । तेस्रो चरणको परीक्षणका क्रममा यो खोपले सबै उमेर समूहका मानिसमा एक समान असर देखा परेको कम्पनीले जनाएको छ।

दुवै कम्पनीले अब खोपको आपतकालिन प्रयोगका लागि अमेरिकामा आवेदन गर्ने जनाएको बीबीसीले उल्लेख गरेको छ। विश्वका ४१ हजार मानिसमा परीक्षण गरिसकेको कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *