आजमात्र देशभर थप २१०३ जनामा कोरोना संक्रमण पुष्टी,१७ जनाको मृत्यु ।

मंसिर ४ गते,विराटनगर –    गएको २४ घन्टामा नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहिवार मन्त्रालयको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

Sushmita Shah_Abadainik

यो संगै देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १ सय ६ जना पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय ५८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ७६ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *