आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्व मनाइदै, २ नं.प्रदेशमा सार्वजनिक विदा ।

मंसिर ५ गते,विराटनगर –   प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन आज शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा आराधना गरी मनाइदैछ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो । आज अस्ताउँदो सूर्यलाई र भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन्

Sushmita Shah_Abadainik

छठका अवसरमा प्रदेश नम्बर २ ले शुक्रबार सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकारले सूचना निकालेर प्रदेश नम्बर २ मा आठ जिल्लाहरुमा शुक्रबार र शनिबार बिदा दिएको उल्लेख गरेको छ।

छठमा केन्द्र सरकारले भने बिदा दिएको छैन।

प्रदेश नम्बर २ सरकारले कोरोना भाइरस संक्रमण रहेकोले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरेर छठ मनाउन आग्रहसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *