मंसिर ५ गते,धनगढी – कञ्चनपुरमा एक वडा अध्यक्ष झुण्डिएको अवस्थामा फेला परेका छन्।
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का ५७ वर्षीय वडा अध्यक्ष कृष्ण बहादुर रोकाया शुक्रबार झुण्डिएको अवस्थामा फेला परेका हुन्।
रोकाया आज बिहान १० बजेतिर घरदेखि एक किलोमिटर टाढाको रूखमा प्लाष्टिकको डोरीले झुण्डिएका अवस्थामा फेला परेका थिए। उनी बिहान ७ बजे घरबाट निस्केका थिए। उनले घरबाट निस्केको एक घण्टामा छोरालाई मन्दिर नजिकै छु पनि भनेका थिए।
उनी अबेरसम्म घर नफर्केपछि परिवारले खोज्न जाँदा झुण्डिएको अवस्था फेला परेका हुन् ।
शव पोष्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनी नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
Comments