अमेरिकामा पछिल्लो २४ घण्टामा अहिले सम्मकै धेरै संक्रमित भेटिए ।

मंसिर ५ गते,विराटनगर – अमेरिकामा कोरोना भाइरसको संक्रमणले नयाँ उचाइ लिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ हालसम्मकै सर्वाधिक दैनिक संक्रमित पुष्टि भएका छन् ।

बिहीबार त्यहाँ अहिलेसम्मकै धेरै १ लाख ९२ हजार १८६ जनामा संक्रमण पुष्टि भएको वर्ल्डोमिटर्सले जनाएको छ । यसअघि यही नोभेम्बर १३ मा १ लाख ८८ हजार ९९ जना नयाँ संक्रमित पुष्टि भएका थिए ।
Sushmita Shah_Abadainik

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि पुनः बढ्दै गएको छ । बिहीबार त्यहाँ पछिल्लो ६ महिनायतौ सबैभन्दा बढी दैनिक मृत्युसंख्या रेकर्ड गरिएको छ । वर्ल्डोमिटर्सका अनुसार बिहीबार त्यहाँ २ हजार ६५ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

यससँगै अमेरिकामा हालसम्म कुल कोरोना संक्रमित संख्या १ करोड २० लाख ७० हजार नाघेको छ भने कुल मृतक संख्या २ लाख ५८ हजार ३३३ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७२ लाख ४३ हजारभन्दा बढी मानिस संक्रमणमुक्त भएका छन् । बाँकी ४५ लाख ६८ हजारबढीमा अहिले भाइरस सक्रिय रहेको देखिन्छ ।

पछिल्लो समय संक्रमण बढिरहेका अन्य देशमा भारत, इटली, ब्राजिल र अन्य युरोपेली देश रहेका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार १८२ जनामा संक्रमण पुष्टि भएको छ भने ५८४ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इटलीमा ३६ हजार १७६ जना र ब्राजिलमा ३५ हजार ६८६ जना नयाँ संक्रमित थपिएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *