बुटवलमा बाघको छालासहित ४ जना पक्राउ ।

मंसिर ५ गते,बुटवल – बुटवलमा बाघको छालासहित  ४ जना पक्राउ परेका छन् ।\

Sushmita Shah_Abadainik

पक्राउ पर्नेहरुमा बुटवलका ३० वर्षीय विष्णुप्रसाद भट्टराई, गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ का २२ वर्षीय बिमल मगर, २४ वर्षीय संजिव पेमी र १८ वर्षीय विशाल रानामगर रहेका छन् ।

बुटवल–९ स्थित विशाल होटल एण्ड रेष्टुरेण्टबाट शुक्रबार बिहान साढे १० बजेतिर उनीहरुलाई बाघको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले ६ फिट लम्बाइ र एक फिट ३ इन्च चौडाइको एकथान बाघको छाला बरामद गरेको छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *