पछिल्लो २४ घण्टामा नेपालमा संक्रमितको संख्या भन्दा झण्डै ३ गुणा बढि कोरोना मुक्त भए ।

मंसिर ५ गते,विराटनगर –  पछिल्लो २४ घण्टामा नेपालमा संक्रमितको संख्या भन्दा झण्डै ३ गुणा बढि कोरोना मुक्त भई घर फर्किएका छन् ।

गएको २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ३ सय ६४ जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Sushmita Shah_Abadainik

शुक्रवार मन्त्रालयको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ भने नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको छ ।

यो संगै देशभर सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ जना रहेको छ ।

आज मात्र नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ जना पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *