उदयपुरमा गाउँपालिकाको कार्यालयमा बम बिस्फोट ।

मंसिर ७ गते,उदयपुर –  गए राति उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ।

Sushmita Shah_Abadainik

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कार्यालयको बरन्डामा रहेको सहायता कक्षमा बम बिस्फोट भएको हो । रूपाटारस्थित गाउँपालिका कार्यालयको बरन्डामा बम बिस्फोट हुदाँ कार्यालयको टेबल, कुर्सीमा समेत क्षति पुगेको छ ।

सुतली बम बिस्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ।   अहिले सम्म घटनाको जिम्मेवारी कसैले नलिएको र घटना कसले, किन गराएको भन्ने बारे खुलेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *