राजा वीरेन्द्र निवास ‘श्रीसदन’ आजदेखि सर्वसाधारण का लागि खुला ।

मंसिर ७ गते, विराटनगर –   तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास रहेको ‘श्रीसदन’ आजदेखि सर्वसाधारण जनताको अवलोकनका लागि खुला गरिँदै छ ।

नारायणहिटी दरबार सङग्राहालयभित्रै अवस्थित श्रीसदन सबैको अवलोकनका लागि खुला गरिन लागेको हो । श्रीसदन प्रदर्शनीकक्षको शनिबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले स्थलगत अनुगमन समेत गरिसक्नुभएको छ ।

Sushmita Shah_Abadainik

नारायणहिटी दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा राजा वीरेन्द्र, रानी ऐश्वर्य र छोरा निराजन बस्ने गर्थे । तर दीपेन्द्र युवराज भएपछिचाहिँ छुट्टै बस्नुपर्ने चलन अनुसार त्रिभुवन सदनमा बस्न थालेका थिए ।

त्रिभुवन सदनमै राजा वीरेन्द्रको परिवारको वंशनास भयो । त्यस घटनापछि त्रिभुवन सदन भत्काइयो भने श्री सदन बन्द गरिएको थियो ।

श्रीसदनसँगै नारायणहिटी दरबार परिसरमै नव निर्मित ‘गणतन्त्र स्मारक’ पनि सर्वसाधारणका लागि खुला गरिन लागेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *