बलात्कारका घटना मिलापत्र गराउनेलाई फौजदारी अपराधमा कारबाही हुने अध्यादेश ल्याइदै ।

मंसिर ७ गते, विराटनगर –  बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई पनि फौजदारी अपराधमा कारबाही गर्नसरकारले अध्यादेश ल्याएको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्रिपरिषद् श्रोतले जानकारी दिएको छ ।  जसमा बलात्कारका घटनामा पञ्चायती वा जुनसुकै नाममा हुने मिलापत्रलाई अपराध किटान गरिएको छ ।

Sushmita Shah_Abadainik

यसअघि मुलुकी अपराध संहितामा महिला मात्र बलात्कृत हुन सक्ने गरी बलात्कारको परिभाषा गरिएको थियो तर यस अध्यादेशमा बलात्कारको परिभाषालाई पनि संशोधन गर्दै जोसुकैले जोसुकैलाई बलात्कार गर्नसक्छ भनि प्रष्ट रुपमा लेखिएको छ ।

केहि समय अघि मात्र जनकपुरमा एक पुरुषले ६ बर्षको बालकको बलात्कारपछि हत्या गरेको घटना सार्वजनिक भएको थियो । जस अनुसार अन्तर्राष्ट्रिय अभ्यास र पुरुष पनि बलात्कृत हुनसक्ने कुराहरु मध्यनजर गर्दै वलत्कारको परिभाषा संशोधन गरिएको हो ।

बलात्कार तथा बलात्कार प्रयासका घटनामा हुने सजायलाई समेत बढाइएको छ । न्युनतम सजाय घटाइएको छैन भने अधिकतम सजाय बढाइएको छ ।

साथै कुनै नाबालिग (१८ वर्षभन्दा कम उमेर ) माथि बलात्कार वा बलात्कार प्रयास भएको थियो, तर उजुरी परेको थिएन भने साबालिग भएको एक वर्षभित्र उजुरी दिन सक्ने व्यवस्था समेत अध्यादेशमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *