मंसिर ७ गते, विराटनगर – पछिल्लो २४ घण्टामा नेपालमा नयाँ संक्रमितको संख्या भन्दा ३ गुणा बढि कोरोना मुक्त भई घर फर्किएका छन् ।
गएको २४ घन्टामा नेपालमा थप १ हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५ हजार ६ सय ९९ जना संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतवार मन्त्रालयको कोरोना व्रिफिङ अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ जना पुगेको छ भने नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ जना पुगेको छ ।
यो संगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ जना रहेको छ ।
आज मात्र नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय २१ जना पुगेको छ ।
Comments