मंसिर ७ गते, विराटनगर – सरकारले छैटौं उद्योग दिवशको अवसरमा सबै स्थानीय तहलाई आफ्नो गाउँपालिका/ नगरपालिका भित्र उत्कृष्ट उद्यम गर्ने एक जना उद्योगीलाई सम्मान गर्न परिपत्र गरेको छ ।
संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहमा उद्योग दिवस मनाउन र आफ्नो क्षेत्रको उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न परिपत्र मार्फत आग्रह गरेको छ ।
यसपाली “उद्योग र रोजगारः समृद्धिको आधार” भन्ने नाराका साथ मंसिर ९ गते सरकारले छैटौं उद्योग दिवश मनाउँदै छ । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न देशै भरका स्थानीय तहमार्फत सम्मान गर्न थालिएको मन्त्रालयले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक २५ गते दिवस मनाउने निर्णय गरेको थियो ।
Comments