मंसिर ८ गते,झापा – झापाको मेचीनगर नगरपालिका-७ बाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् ।
उक्त वडाको सिद्धार्थ टोलमा एक घर भाडामा नै लिएर लागुऔषध बिक्री बितरण हुने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आईतवार अपरान्ह ४ बजे लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा लागुऔषध बिक्री बितरण गर्ने सिताराम आङदेम्बे , निजको श्रीमती मनिषा मगर तथा लागुऔषध खरिद गर्ने धरान – ५ का २४ बर्षीय कल्याण राई र धरान- १६ का २४ बर्षीय रिजन लाकन्द्री रहेका छन् ।
निजहरुको साथबाट प्रहरीले २८ ग्राम नियन्त्रीत लागुऔषध ब्राउसुगर, नगद १ लाख ३३ हजार रुपैयाँ र मोवायल ३ थान समेत बरामद गरेको छ ।
लागुऔषध सहित पक्राउ परेका चारै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
Comments