मंसिर ८ गते,सोलुखुम्बु – सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका-३ मा सोनाम शेर्पाले संचालन गरेको यती माउन्टेन होम होटलमा आगलागी हुँदा अन्दाजी २ करोड बराबरको क्षति भएको छ ।
२ तले पक्की घरमा संचालमा रहेको उक्त होटलमा आईतवार बिहान ९ बजे बिद्युतको तार सर्ट भई अचानक आगलागी हुँदा होटलमा रहेका सम्पुर्ण समानहरु जलेर नष्ट भई उक्त मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उक्त आगलागी ईलाका प्रहरी कार्यालय लुक्लाबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयवासी समेतको सहयोगमा दिउँसो २ बजे नियन्त्रणमा आएको तथा मानवीय क्षति नभएको उक्त कार्यालयले जनाएको छ ।
Comments