फौजी किरा लागेर क्षति पुर्याउन थाले

मोरगं । पुर्वी नेपालका विभिन्न ठाउँमा किसानहरुले लगाएको मकै बालीमा किराले नोक्सानी पुर्याइरहेका कारण उत्पादनमा हस अनुमान गरि किसानहरु चिन्तीत बन्न थालेका छन ।धान, गहुँ बाली पछि किसानहरुको मुख्य रोजाइमा पर्ने मकैबालीमा अमेरिकन फौजी किरा लागेर क्षति पुर्याउन थालेका कारण किसानहरु चिन्तीत बन्न थालेका हुन । मोरंगको बेलवारी क्षेत्रमा मकै बाली धेरै लगाइने मकैमा किराले क्षति पुर्याइरहेको किसानहरु गुनासो गर्दछन । बेलवारी ४ इमानसिहं चौकका किशान जसमणी राईले मकै बालीमा किराले क्षति पुर्याइरहेको समयमा दुई पटक औषधी स्प्रे गरेपनि किरा नमरेको गुनासो गर्दछन । किसानहरुलाई प्राविधिक ज्ञान नभएको कारण कुन किरा हो पहिचान गर्न नसकेका कारण कृषि सामाग्री विक्री गर्ने पसलमा गएर मकैमा किरा लागेको भनेर औषधि ल्याएर स्प्रे गर्ने गरेको राईले वताए ।

यता क्षेत्रीय कृषि अनुसन्धान केन्द्र तरहराका किट बैज्ञानिक किशोर भण्डारी पुर्वी नेपालका विभिन्न ठाउँमा मकै बालीमा अमेरिकन फौजी किराले नोक्सानी गरिरहेको वताउछन । उनले लकडाउनका कारण वाह्य अनुसान्धन गर्ने धेरै तिर जान नसकिएपछि केन्द्र भित्र र धरानमा अनुसन्धान गरिरहेको समेत जानकारी दिए । किट बैज्ञानिक भण्डारीले किसानहरुलाई औषधीका विषयमा जानकारी गराउदै दिनमा अमेरिकन फौजी किरा गुबोमा बस्ने र रातको समयमा बाली नोक्सानी गर्ने भएको कारण साँझमा स्प्रे गर्न किसानहरुलाई सुझाव दिए । पछिल्ला केही वर्ष यता देखि पुर्वी नेपालमा स्थानीय जातका साथै उन्नत जातका मकै व्यवसायीक तथा आफ्नो प्रयोगका लागि समेत किसानहरुले लगाउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *