मंसिर ८ गते,विराटनगर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुस्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।
चिनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटा पुगेर दाहाललाई भेटेकी हुन् । भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो ।
भेटका क्रममा राजदूत यान्छीले दाहाललाई चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो किताब उपहार दिएकी थिइन् ।
राजदूत यान्छीले मंसिर ३ गते प्रधानमन्त्री ओलीसंग पनि बालुवाटारमा पुगेर भेटवार्ता गरेकी थिईन ।
नेकपामा आन्तरिक विवाद चर्किएका बेला यान्छीको नेताहरुसंगको भेटघाटलाई कतिपयले आन्तरिक हस्तछेपका रुपमा पनि लिने गरेका छन् ।
Comments