मोटरसाइकल दुर्घटना परि दुईजनाको मृत्यु ।

मंसिर ८ गते, वुटवल –  रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१५ मधवलियाका २७ वर्षीय विकास चौधरी र सोही मोटरसाइकलको पछाडि सवार २० वर्षीय हरि गुरुङ रहेका छन् ।

Sushmita Shah_Abadainik

आइतबार राति लु २४ प ७५०६ नम्बरको मोटरसाइकल बुटवल–भैरहवा सडकखण्डको भलबारीमा अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।

घाईते दुवैजनाको क्रिमसन अस्पताल माणिग्राममा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *