मंसिर ८ गते, विराटनगर – बेलायतको अक्सफोर्ड युनिभर्सिटीले एक्स्ट्राजेनेकासँग मिलेर बनाइरहेको कोरानो भाइरस (कोभिड–१९) विरुद्धको खोप संक्रमण रोक्न ७० प्रतिशत प्रभावकारी देखिएको छ ।
युनिभर्सिटीले सार्वजनिक गरेको अन्तिम चरणको मानव परीक्षणमा यो खोप ७० प्रतिशत प्रभावकारी पाइएको हो ।
यसअघि अमेरिकी कम्पनीहरु फाइजर र मोडेर्नाले निर्माण गरिरहेको कोरोना खोप संक्रमण नियन्त्रणका लागि ९५ प्रतिशत प्रभावकारी रहेको नतिजा सार्वजनिक गरिएको थियो । यद्यपि अक्सफोर्डले निर्माण गरेको खोप अन्य दुई खोपको तुलनामा निकै सस्तो र स्टोर गरेर राख्न पनि सजिलो हुने किसिमको छ ।
नियामकले यसलाई कोरोना खोपको रुपमा मान्यता दिनुका साथै महामारी नियन्त्रणको लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विशेषज्ञहरुले बताएका छन् ।
यो खोपको लागि बेलायत सरकारले यसअघि नै १० करोड डोज प्रि–अर्डर गरिसकेको छ । जसको माध्यमबाट पाँच करोड मानिसलाई खोप दिन सकिन्छ ।
Comments