आजमात्र देशभर थप १९८० जनामा कोरोना संक्रमण पुष्टि, ९० प्रतिशत संक्रमित निको भए ।

मंसिर ८ गते, विराटनगर –   गएको २४ घन्टामा नेपालमा थप १ हजार ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमवार मन्त्रालयको जानकारी अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको छ ।

Sushmita Shah_Abadainik

यो संगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ जना पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख २ हजार ६७८ जना पुगेको छ ।

योसंगै हालसम्म नेपालमा ९० प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ३७ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *