कक्षा १२ को परीक्षा आजबाट सुरु,स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य । ।

मंसिर ९ गते,विराटनगर –  कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।

आगामी मंसिर १६ गते सम्म चल्ने परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुले परीक्षा भौतिक उपस्थितिमै दिनेछन् ।

राष्ट्रिय परिक्षा बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो ।थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । साढे एक घण्टाको लागि लिईने परिक्षा बिहान ८ बजेबाट सुरु हुने छ ।

Sushmita Shah_Abadainik

सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन र कोभिडविरुद्धका मापदण्ड सही ढंगले पालना गर्न परीक्षार्थीहरुलाई बोर्डले आग्रह गरेको छ ।

परिक्षामा एउटा कोठामा २० जनासम्म मात्र राख्नुका साथैपरीक्षार्थीहरुबीच कम्तीमा दुई मिटर दुरी कायम गर्नुपर्ने, परीक्षार्थीहरु, केन्द्राध्यक्ष र निरीक्षकहरुले अनिवार्य मास्क लगाउनुपर्ने , उनीहरुलाई ज्वरो नापेर मात्रै परीक्षा केन्द्रमा प्रवेश दिने, परीक्षा केन्द्रमा सेनिटाइजरको व्यवस्था गर्नुपर्ने जस्ता मापदण्ड अपनाउनु पर्ने छ ।

परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने छन् ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ । परीक्षा सन्चालनमा स्थानीय तहले सहयोग गरेका छन् । परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *