कोरोनाबाट मोरङका सशस्त्र प्रहरी निरीक्षकको मृत्यु ।

मंसिर ९ गते,विराटनगर –  कोरोना संक्रमणका कारण मोरङमा सशस्त्र प्रहरी निरीक्षक ३३ वर्षीय नवीन बुढाथोकीको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल ३ नं. गण हेडक्वाटर कंकालिनीमा कार्यरत बुढाथोकीको विराट मेडिकल कलेजमा गएराति करिब ११ः२० बजे मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

दीर्घकालीन स्वास्थ्य समस्या नभएका बुढाथोकी गत कात्तिक २६ गते ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि विराट शिक्षण अस्पताल भर्ना भएका थिए । उनको कात्तिक २७ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

Sushmita Shah_Abadainik

देवका अनुसार अस्पताल भर्ना हुनअघि नै टाइफाइटको समस्या भएका बुढाथोकीकोे उपचारका क्रममा अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो । उपचारका क्रममा बुढाथोकीको दुई पटक प्लाज्मा थेरापी गरिएको र १० पटकसम्म रेम्डिसिभिर प्रयोग गरिएको थियो ।

उनको विराटनगरस्थित परोपकार घाटमा मंगलबार धार्मिक संस्कार अनुसार अन्त्येष्टिको तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *