भन्सार छली ल्याएका प्रतिबन्धित औषधी र लत्ता कपडा बरामद ।

मंसिर १० गते,विराटनगर – मोरङको बिराटनगर-१३ सैनिक टोल स्थितबाट प्रतिवन्धित औषधी सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका ३६ बर्षीय नरेश यादव रहेका छन । यादबलाई हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

Sushmita Shah_Abadainik

यादबले बिभिन्न किसिमका प्रतिवन्धित औषधीहरु भन्सार छली गरी ल्याएर आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।
घरमा खानतलासी गर्ने क्रममा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा  Sterile Water for Injection Ip 438 pcs, Doxycycline 421 pcs, M-Prisol 40 Injection 350 pcs, Neoprate 5ml 200 pcs, Okeron -156 pcs, SucolSuccinyl choline Injection Ip 100 pcs लगायतका प्रतिवन्धित औषधीहरु फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसरी बरामद गरिएको प्रतिवन्धित औषधीहरु र पक्राउ परेका नरेश यादव समेतलाई आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाउने तर्फ आवश्यक कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले विराटनगर-१३ स्थितबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ता कपडाहरु बरामद गरेको छ ।

हिजो साँझ साढे ५ बजे विराटनगर-१३ हनुमान मन्दिर टोल स्थित एरियाबाट ६३ हजार ६ सय १० रुपैँया बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटीक सामान तथा खाध्यान्न सामाग्रीहरु फेला पारी बरामद गरेको हो ।
बरामद गरिएको उक्त सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *