महोत्तरीमा बालिकाको हत्याको विरोध प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु ।

मंसिर १० गते,महोत्तरी –  महोत्तरीको बर्दिवास नगरपालिका–१४ की ६ वर्षीया बालिकाको हत्याको विरोधमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते भएका तीनजना मध्ये एक जनाको मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका वडा नम्बर- १ बस्ने ४० वर्षीय सञ्जय भनिने बुद्धिराज न्यौपानेको मृत्यु भएको हो । दुवै तीघ्रामा गोली लागेर घाइते भएका न्यौपानेको स्थानिय अस्पतालमा उपचार संभव नभएपछि उनलाई हेलिकप्टरमार्फत् काठमाडौंस्थित ग्रान्डी अस्पतालमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।

Sushmita Shah_Abadainik
विरोधमा उत्रिएका स्थानीयले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिवासमा मंगलबार सडक अवरुद्ध पार्नुका साथै हत्याको आरोप लागेका साहको घरमा आगजनीसमेत गरेका थिए । आगजनीका कारण घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । राजमार्ग खुलाउन प्रहरीले दर्जनौं राउन्ड अश्रुग्यास र गोली चलाएको थियो ।

अहिले पनि राजमार्ग क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *