मंसिर १० गते,विराटनगर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफूले प्राप्त गरेको कोरोना बीमा वापतको १ लाख रुपैयाँले आफ्नो निर्वाचन क्षेत्रका विपन्न नागरिकको कोरोना बीमा गरिदिएका छन् ।
पर्यटन कोरोना भाइरस संक्रमणबाट मुक्त भएपछि उनले प्राप्त गरेको बीमावापतको एक लाख रुपैयाँले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङका ३ सय न्यून आए भएका, विपन्न, विद्यार्थी, असहाय तथा मजदुरको कोरोना बीमामा खर्चिएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईले जनाएका छन् ।
साथै मन्त्री भट्टराईले आफ्नो तलवभत्ताबाट ताप्लेजुङ स्थायी ठेगाना भएका कुल १२७६ जनाको कोरोना बीमा गराइदिएका छन् । यसरी मन्त्री भट्टराईले कुल १५७६ जना नागरिकको कोरोना बीमा आफ्नो खर्चबाट गराइदिएका छन् ।
Comments