मंसिर ११ गते,विराटनगर – विश्व चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ ।
बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार हृदयघातका कारण निधन भएको हो ।
अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको आफ्नो खेलाडी जीवन कालभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका थिए । म्याराडोना कप्तान भएको बेला अर्जेन्टिनाले १९८६ मा वर्ल्ड कप जितेको थियो । जसले उनलाई उत्कृष्ट खेलाडीको रूपमा विश्वभर चिनाउन सहयोग गर्यो ।
उनले आफ्नो क्लब क्यारियरमा केबल बार्सिलोना र नेपोलीका लागि मात्रै खेल खेलेमा थिए ।
म्याराडोनाको निधनले अहिले विश्व फुटबल स्तब्ध छ। उनलाई लामाजिक संजाल मार्फत ख्यातीप्राप्त फुटबल खेलाडी, राजनितिज्ञ, सेलिब्रेटी लगायतले दुस्ख व्यक्त गर्दै श्रद्धान्जली दिइरहेका छन्।
ब्राजिलका महान् फुटबलर पेलेले पनि म्याराडोनाको निधनको खबरले स्तब्ध भएको जनाएउदै सामाजिक सञ्जालमा दुस्ख व्यक्त गर्दै लेखेका छन्, मैले एक महान् साथी गुमाए र विश्वले एक महान् हस्ती गुमायो। अहिलेलाई यति भन्न चाहान्छु कि उनका परिवारलाई भगवानले सहने शक्ति दिउन्। एक दिन हामी आकासमा सँगै फुटबल खेल्ने आसा व्यक्त गर्दछु।
Comments