मंसिर ११ गते,विराटनगर – प्युठानबाट बिरामी बोकेर काठमाडौंतर्फ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन्। तीन जनामध्ये दुई जनाको शव फेला परेको छ ।
प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर १ घर भएकी ३३ वर्षीया जमुना रोक्का र पिकअप भ्यान चालक २३ वर्षीय सूर्य केसीको शव भ्यान भित्रै फेला परेको हो । बिरामी १५ वर्षीया जिनिसा रोक्काको खोजी जारी छ ।
भ्यानमा सवार सोही स्थानका ३८ वर्षीय मुकुन्दबहादुर रोक्का भने नदीमा पौडी खेलेर बाहिर निस्किएका थिए । घाइते उनको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको लु १ च ९७३१ नम्बरको भ्यान बिहीबार बिहान साढे पाँच बजे पृथ्वी राजमार्गबाट करिब ६० मिटर तल त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको थियो ।
बेपत्ता जिनिसाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको छ।
Comments