नेपाल र भारत परराष्ट्रसचिवस्तरीय बैठक सुरु ।

मंसिर ११ गते,विराटनगर –  नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय बैठक बिहीबार दिउँसो सुरु भएको छ ।

बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेलले गरेका छन् भने भारतीय टोलीको नेतृत्व भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले गरेका छन् ।

परराष्ट्र सचिवस्तरीय बैठकका लागि भारतीय विदेश सचिव बिहीबार नै काठमाडौं आएका हुन् ।  दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले भेटवार्ता सुरु गरेका छन् ।

Sushmita Shah_Abadainik

बिहीबार विहान काठमाडौं आएका उनी अहिले दुई देशको प्रतिनिधिमण्डल स्तरीय वार्तामा छन् । होटल याक एण्ड यतीमा जारी वार्ता सकिएपछि उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् । त्यसक्रममा उनले दुई हजार भाइल रेमडिसिभिर हस्तान्तरण गर्ने कार्यक्रम छ ।

विदेश सचिव श्रृंगलाले साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ । बालुवाटारको भेटपछि उनी शितल निवास जानेछन् र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनी भोलि गोरखा र मनाङ जानेछन् । गोरखामा भारतीय सहयोगमा बनिरहेको घरहरुको अवलोकन गर्नुका साथै तीन विद्यालयको उद्घाटन गर्नेछन् । मनाङमा पनि भारतीय सहयोगमा बनेको गुम्बा उद्घाटन गर्ने कार्यक्रम छ ।

उनी भोलि नै भारत फर्किनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *